कानेपोखरीमा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना

बैशाख ९ गते, पथरी । मोरङको कानेपोखरी गाउँपालिकामा पनि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

बैशाख ३० मा हुने निर्वाचनको लागि निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको हो । पालिकामा रहेका विभिन्न दलका प्रतिनिधिहरूको उपस्थितमा कार्यालय स्थापना गरिएको थियो । गणेश नायकलाई निर्वाचन अधिकृतका रूपमा जिम्मेवारी दिइएको छ । त्यसैगरी सहायक निर्वाचन अधिकृतमा सुनिल रेग्मीलाई जिम्मेवारी दिएको छ ।

कार्यालय स्थापन पछि सर्वदलीय बैठक राखेका थिए । सहभागी दलका प्रतिनिधिहरु बैशाख ३० मा हुने निर्वाचनमा सवै दल मिलेर सम्पन्न गर्नुपर्ने जोड दिएका थिए । सवै दलले निर्वाचन आचारसहिंताको पालना गर्नुपर्ने, आचारसहिंता पालना नगर्ने दल तथा उमेद्वारलाई कारवाही गर्नुपर्ने माग राखेका थिए ।
निर्वाचन अधिकृत र सहयक अधिकृतले निर्वाचन आचारसहिंता, उमेद्वार बन्ने योग्य लगाएतका निर्वाचन तालिकाको बारेमा प्रष्ट्याएका थिए ।

सम्बन्धित खवर