अपाङ्गता भएकाहरुका लागि परिचयपत्र वितरण

असार २० गते, पथरी । मोरङको पथरीशनिश्चरे नगरस्थित अपाङ्गता भएकाहरुका लागि परिचयपत्र वितरण गरेको छ । परिचयपत्र समितिले पछिल्लो अवधिमा ९ जनालाई परिचयपत्र वितरण गरेको हो ।

दोस्रो कार्यकालका लागि जनप्रतिनिधि निर्वाचित भएपछि परिचयपत्र वितरण समिति संयोजक नगर उपप्रमुख देवीमाया काफ्लेको अगुवाईमा हालसम्ममा २ पटक परिचयपत्र वितरण भएको थियो । प्रत्येक महिनाको १० र २० गते नयाँ परिचयपत्र वितरण तथा पुरानो नविकरण कार्य हुँदै आएको छ । जस अन्तर्गत आज एउटा रातो र अन्य ३ वटा नीलो गरी ४ वटा परिचयपत्र वितरण भएको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले जनाउनु भयो । अघिल्लो पटक ५ जनालाई परिचयपत्र वितरण गरिएको थियो ।

नगर अस्पतालका डाक्टर सहितको समितिको टोलीले यस अघि जाँच भएका कागजात समेत हेरेर मापदण्डका आधारमा अपाङ्गता भएकाहरुको अवस्था र परिचयपत्रको प्रकार निक्र्याेल गरी परिचयपत्र वितरण कार्य हुँदै आएको छ ।

सम्बन्धित खवर