बुधबार, माघ २१, २०८२

किरात राई यायोक्खा पथरीशनिश्चरे नगर अध्यक्षमा पुनः प्रेमकुमार राई

भदौ ११ गते, पथरी । किरात राई यायोक्खा पथरी शनिश्चरे नगर कमिटिको अध्यक्षमा पुन प्रेमकुमार राई सर्वसहमत चयन भएका छन् ।

शनिबार मोरङ पथरीशनिश्चरे १ स्थित साकेला थानमा भएको ७ औं नगर अधिवेशनले प्रेम ओम्बुलेलाई सर्वसहमत चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा रामबहादुर राई र प्रेम चाम्लिङ् राई, सचिवमा निर्मला राई, कोषाध्यक्षमा रुवा धन राई र सहसचिवमा रमेश राई सर्वसहमत चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा दिपकुमार राई, कमल राई, देउमाया राई, आसबहादुर राई, थिरकुमार राई, विशाल राई, पञ्च बहादुर राई, सत्त प्रसाद राई, गजेन्द्र राई, मदन राई, कृष्ण राई, दवीमाया राई, गम्बा राई, खड्गबहादुर राई र क्रयानबहादुर राई रहेका छन् ।

कार्यक्रम नाराहाङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो । यायोक्खाको भदौ १७–१८ गते मोरङ जिल्ला अधिवेशनमा पथरीमा र अशोज ८–१० गते काठमाडौंमा यायोक्खा ११ औं महाधिवेशन हुने यायोक्खा केन्द्रीय प्रभारप्रशार बिभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.