खेलकुद

संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु पर्ने माग सहित फोनिज मोरङले ज्ञापन पत्र बुझाए

भदौ १७ गते, पथरी । नेपाल पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनु पर्ने माग सहित फोनिज मोरङले नेपाल पत्रकार महासंघ मोरङलाई ज्ञापनपत्र बुझाएका छन् ।

विहिबार मोरङको विराटनगरमा रहेको महासंघको कार्यालयमा फोनिज मोरङले महासंघका अध्यक्ष संञ्जिव खनाल र सचिव नेत्र पि अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । फोनिज मोरङका अध्यक्ष दिनेश सुब्बा लिम्बुले ज्ञापन पत्र माग सहित संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको फोटो फ्रेम हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेश पूर्व अध्यक्ष विक्रम लुइटेल,फोनिज संघीय सदस्य सदस्य सुजता लिम्बु, फोनिज प्रदेश सदस्य प्रेम देवान, जिल्ला कार्य समितिका सदस्यहरु उपस्थित थिए ।

भदौ १६ गते फोनिजको संघीय कार्य समितिको निर्णय अनुसार देशव्यापी रुपमा नेपाल पत्रकार महासघ जिल्ला शाखा मार्फत केन्द्रिय कार्यसमिति काठमाडौंलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो ।

ज्ञापनपत्रमा वर्तमान नेपाल पत्रकार महासघको जग तत्कालीन ‘नेपाल पत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ रहेका थिए । बि. स. २००८ बैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको सभापतीत्वमा ‘नेपाल पत्रकार संघ’ गठन गरेको थियो ।

बि. स. २००९ बैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ पुर्न गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उदेश्यका साथ संघको पुनगठन गरिएको थियो । अकाट्य तथ्यहरुका आधारमा हाल नेपाल पत्रकार महासघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायण बहादुर श्रेष्ठ रहेका नै थिए भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरुले पुष्टि गरिसकेको छ । तर , नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरुलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पुर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईलाई सस्थापक अध्यक्ष मान्दै आएको छ ।

महासघको यो कदमप्रति नेपाल पत्रकार महासघ ( फोनिज) ले गम्भीर बिमती राख्दै आएको छ । बि. स. २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनगठित हुदा कृष्ण प्रसाद भट्टराई सभापति बन्नु भएको तथ्य साचो हो ।

उनको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ । फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ । सन्त नेता भट्टराईको सामाजिक, राजनितिक योगदानको यथोचित सम्मान र कदर होस भन्ने कुरामा हाम्रो बिमती छैन ।तर, तथ्यहरुले नेपाल पत्रकार महासघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने पुष्टि भैइसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराई नै सस्थापक अध्यक्ष हो भन्नू स्वयम् भट्टराईको बिस्वार्थ योगदानको अपमान मात्र होईन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र ईतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो ।

त्यसकारण प्राप्त तथ्य र प्रमाणहरुका आधारमा नेपाल पत्रकार महसघको सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्विकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासघले आफ्नो दस्तावेजहरुमा महासघको सस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनी उल्लेख गरेका गलत बिवरण सच्याएर नेपाल पत्रकार महासघका सस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने सहि तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपाल पत्रकार महासघको जोडदार माग गरिएको सो ज्ञापनपत्रमा उल्लेख गरेको छ ।

 

प्रतिक्रिया