कानेपोखरी महोत्सवमा आज प्रिती आलेको प्रस्तुती रहने

भदौ २० गते, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका स्थित रमाइलोमा भदौ १२ गतेदेखि सुरु भई २७ गते समापन हुने कानेपोखरी महोत्सव थप रोचक र रौनक बढ्दै गएको छ । महोत्सव थप रोचक र रौनक बनाउन आज सोमबार साँझ चर्चित लोक दोहोरी गायिका प्रिती आले मगरको प्रस्तुती रहने आयोजकले बताएका छन् ।

महोत्सवको आज ८ औं दिन सोमबार ३५ सय दर्शकले अवलोकन गर्ने महोत्सव आयोजक समितिको अनुमान रहेको छ । गायिका प्रिती आले मगरले चर्चित गीतहरु गाएर दर्शकलाई मनोरञ्जन दिने छन् ।

सोल्टी राजाको कम्मरमा पानी, नक्कली साली, लाहुरे लाली, भुत्रो माया जाल, फुल फुल्यो बामरी, दोहोरी ब्याटल, कुखुराको भाले, जस्ता १ दर्जन चर्चित गित गाएर दर्शकलाई मनोरञ्जन दिने छिन् । फरिया गीत गाएर विवादमा परेका प्रिती आले, उनका तीज गीत पनि विवादमा थियो ।

महोत्सव साझँ ६ बजेदेखि १० बजेसम्म सञ्चालन हुदै आएको छ । ‘शैक्षिक, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि’ भन्ने मुल नाराका साथ भदौ १२ देखि सुरु भएको महोत्सव २७ गतेसम्म चल्नेछ ।

रमाइलो युवा परिवार, कानेपोखरी व्यापार संघ, जेसिज रमाइलो र लायन्स क्लब अफ रमाइलोको भवन निर्माणको लागि संयुक्त महोत्सव आयोजना गरिएको रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्यालले बताए ।

सम्बन्धित खवर