कानेपोखरीमा ड्रेन सहित बहुबर्षीय सडकको काम सुरु

पुस २, कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिकाले ड्रेन सहितको बहुबर्षीय सडक स्तरोन्नतीको कामहरु सुरु गरेको छ ।

वडाको प्राथमिकताको आधारमा ड्रेन सहितको बहुबर्षीय सडक स्तरोन्नतीको कामहरु सुरु भएको हो । वडा नंं. ७ को पच्चिसबिघे प्रोगेसिप टोल हुँदै अमरडाँडा सडक, त्रिबेणी चो दक्षिण प्रगती टोल सडक, आइतबारे, पानीट्याङ्की हुँदै शुक्रबारे सडक, बरगाँछी पूर्व अजम्बरी चोक सम्मको सडक रहेको छ ।

ड्रेन सहितको बहुबर्षीय सडक स्तरोन्नती गर्ने स्वीकृत कानेपोखरी गाउँपालिकाको बार्हौ गाउँ सभाको अधिबेशनले गरेको थियो ।

तस्विर : जीवन सुब्बा मिभक

सम्बन्धित खवर