समाचार

उर्लाबारीमा भव्यताका साथ मनाइयो कक्फेवा तङ्नाम

माघ १ गते, उर्लाबारी । लिम्बू समुदायको महत्वपूर्ण चाड ‘कक्फेवा तङनाम तथा यले तङ्बे ५०८३’ मोरङको उर्लाबारीमा भव्यताका साथ मनाइएको छ ।

आइतबार उर्लाबारी–३ मा तेनेवा माङथान समितिको आयोजनामा भव्य कार्यक्रमका साथ उक्त चाड मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद शोभा चेम्जोङ पालुङ्वाले आफू नेपाली भएकोमा गौरव लागेको बताउँदै अनेकतामा एकता र एकतामा विविधता भएकाले नेपाल साँस्कृतिक रूपले साँच्चै सुन्दर र सम्पन्न रहेको धारणा राखेका थिए ।

कार्यक्रममा चुम्लुङकी केन्द्रीय सदस्य विमला पालुङ्वाले लिम्बू, उर्लाबारी–३ का वडाध्यक्ष भीष्म बुढाथोकी, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराई, नेपाल आदिवासी जनजाति महासंघका नगर अध्यक्ष सम्शेर लिम्बू, पूर्व वडाध्यक्ष गञ्जबहादुर कार्की, समाजसेवी पारसमणी कुइकेल, चुम्लुङका प्रदेश सदस्य दिलु लिङदेन लगायतले मन्तव्य राखेका थिए ।

चुम्लुङकी नगर अध्यक्ष बानु सुब्बाले लिम्बू समुदायको भाषा र संस्कृति रक्षाका लागि सबै एकजुट हुनुपर्ने बताइन् । तेनेवा माङथान समितिका अध्यक्ष चन्द्र लुम्फुङ्वाको अध्यक्षतामा भएको सम्पन्न भएको थियो । सो अवसरमा लिम्बू समुदायकोे लोकप्रिय धान नाच र च्याब्रुङ नाच नाचेर रमाइलो गरिएको थियो ।

प्रतिक्रिया