नारी दिवसमा फुटबल प्रतियोगिता, कामत टोलले जिते उपाधि

फागुन २५ गते, कानेपोखरी । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मोरङको कानेपोखरी गाउँपालिकाले महिला फुटबल प्रतियोगिता सम्पन्न गरेको छ ।

जनसेवा माविको खेलमैदानमा भएको प्रतियोगितामा वडा नं. ६ स्थित कामत टोल महिला टिमले उपाधि चुमेको छ । उनिहरुले उपाधिको स्वरुप २० हजार नगद पुरस्कार जितेका छन् । त्यसैगरी वडा नं. ६ कै विहिबारे महिला समूह दोस्रो भएका छन् । उनिहरुले नगद १० हजार रुपैया प्राप्त गरेका छन् ।

प्रथम र दोस्रो हुने टिमलाई गाउँपालिका अध्यक्ष राजमती इङ्नामले पुरस्कार हस्तान्तरण गरेका थिए । नारी दिवसको कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष चरण गुरुङ, वडा नं. ६ का वडाध्यक्ष खड्ग बस्नेत, वडा नं. ७ का वडाध्यक्ष मोहन प्रसाद अधिकारी, वडा नं. ३ का वडा अध्यक्ष गोपाल कार्की उपस्थित रहेका थिए ।

फुटबल खेलमा गाउँपालिका क्षेत्र भरीका ७ वटा टिमले फुटबल खेलमा भाग लिएका थिए । खेल २० मिनेटको थियो । खेलमा महिलाहरुले साडी लगाएर खेल्नुपर्ने थियो ।

त्यसैगरी कार्यक्रममा नाटक मञ्चन पनि गरिएको थियो । नाटकमा वडा नं. ५ का दिदीवहिनीहरुको अभिनय रहेको थियो । त्यसैगरी ‘छोरीलाई दाईजो हैन शिक्षा’ शिर्षकमा वक्तित्वकला प्रतियोगिता पनि सम्पन्न गरिएको थियो । वक्तित्वकला प्रतियोगितामा सुम्निमा न्यौपानेलाई ५हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

सूचना प्रवाह खेलमा ‘नीति तथा कार्यक्रम र वजेट’ र ‘सासुको ईच्छा बुहारीलाई शिक्षा’ कविता वाचन गरिएको थियो ।

कार्यक्रममा कार्यपालिका सदस्य पदम कुमारी गुरुङ, सुशीला श्रेष्ठ, न्यायिक समिती सदस्य दुर्गा नेपालीको उपस्थितिमा कार्यपालिका सदस्य सुशीला श्रेष्ठले कार्यक्रम सञ्चालन गरेकी थिइन ।

सम्बन्धित खवर