आइतवार, बैशाख ६, २०८३

पथरीको रत्नचोकमा शहिद रत्नुकुमार बान्तावाको शालिक पुनः निर्माण हुर्दै

बैशाख १४ गते, पथरी । मोरङको पथरीशनिश्चरे–१, स्थित रत्नचोकमा रहेको शहिद रत्नकुमार बान्तावाको शालिकलाई पुनः निर्माण गरिरहेका छन् ।

१ नं. प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७९/०८० का लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरे पछि शालिक पुनः निर्माणका काम थालिएको हो ।

पुरानो शालिकले चोकको क्षेत्रफल ठुलो लिएकोले कारण साधन दुर्घटना हुने क्रम बढे पछि त्यस चोकमा विकल्प खोजिएको थियो । अहिले बन्दै गरेको शालिकको आकार घटाईएको छ । वरिपरी ३.५ मिटरको गोलाईमा निर्माण हुर्दैछ । यो सानो आकारको गोलाईमा रहेको शालिक निर्माण सम्पन्न पछि दुर्घटना न्यूनिकरण हुने त्यहाँका स्थानीयहरु बताउँछन् ।

शहिद रत्न कुमार बान्तवाको स्मृतिमा राखिएको शालिकको वरिपरी रोपिएको फुलबारी समेत हटाईएको छ । करिब ६० प्रतिशत जति क्षेत्रफल घटाएर निर्माण भैरहेको रत्न कुमार बान्तवा स्मारक संरक्षण समितिका अध्यक्ष मान बहादुर लिम्बुले जानकारी दिए । अहिले निर्माणकार्य तिव्र गतीमा भैरहेको छ । सो योजना यसै बैशाख महिनाको अन्त्य सम्ममा सम्पन्न गर्नुपर्ने जनाईएको छ ।

तत्कालीन निरंकुश पञ्चायती शासन व्यवस्थाको विरूद्ध एक सशक्त योद्धा बनेर पुर्वी नेपालमा रातोतारा उपनामबाट परिचित हुन । वि.स. २००८ साल चैत २७ गते जन्म लिएका नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका योद्धा सहिद रत्न कुमार बान्तवालाई तत्कालीन पञ्चायती शासकले इलामको इभाङ्ग (हाल माङ्सेबुङ्ग गापा) मा ४१ बर्ष अगाडि वि.स. २०३५ साल चैत २७ गते गोली हानी हत्या गरेको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.