आइतवार, बैशाख १३, २०८३

सामुदायिक विद्यालय महासंघको नेतृत्वमा बास्कोटा

भूमिप्रसाद पाठक
साउन १९, पथरी । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको पथरी शनिश्चरे नगर कार्यसमिति चयन भएको छ ।

शुक्रबार पञ्चायत माविमा भएको भेलाले सामुदायिक विद्यालय व्यवस्थापन समितिका नगर अध्यक्षमा युवराज बास्कोटा सर्वसम्मत चयन गरेका छन् । अध्यक्ष र एकजना अनिवार्य महिला सदस्यको सहभागिता रहेको नगर भेलाले बास्कोटाको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्माण गरेको हो ।

त्यस्तै उपाध्यक्ष ललिता कार्की, सचिव ज्ञानेन्द्रप्रसाद अधिकारी, सहसचिव गीता विश्वकर्मा, कोषाध्यक्ष मिना सेञ्चुरी र सदस्यहरूमा भवानी तिम्सिना, खगेन्द्र थापा, राजेशप्रसाद गुप्ता, प्रमिशा धिमाल, दुर्गाप्रसाद तामाङ, शारदा डाँगी, रमेश कार्की, प्रमिला खड्का, उर्मिला महरा र इन्द्रकुमारी लिम्बू रहेका छन् ।

‘हामी सुधार्छौ,  हाम्रो विद्यालय’ मूलमर्मका साथ यस पालिका क्षेत्रअन्तर्गत क्रियाशील २८ वटा सामुदायिक विद्यालयबाट भेलामा प्रतिनिधि रहेका थिए ।

भेलाका प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्बापोले पानसमा दीप–प्रज्जवलन गरेका थिए । कार्यक्रममा मोरङ जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख टंक गौतम, नगर शिक्षा शाखा प्रमुख शालिग्राम काफ्ले, श्री पञ्चायत माविका प्रधानाचार्य अर्जुनकुमार बुढाथोकी, पञ्चायत मावि विव्यस अध्यक्ष युवराज बास्कोटा, भागिरथ मावि विव्यस अध्यक्ष पर्शुराम कार्की, वडाध्यक्षद्वय भीमकुमार राई र नवीनजंग कार्की, सुनाखरी मावि विव्यस प्रदीपकुमार राईले कार्यक्रम भव्य र सम्भ सफलताको शुभेच्छा–सम्बोधन गरेका थिए ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको कोशी प्रदेश सचिव हरिबहादुर कार्कीको सञ्चालन र अध्यक्ष सागर खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई कोषाध्यक्ष उर्मिला सुवेदीले शुभेच्छा सम्बोधनमार्फत स्वागत अभिनन्दन गरेका थिए ।

भेलाले ६ बुँदे प्रस्तावित संकल्प प्रस्ताव पारित पारित गरेको थियो ।

 

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.