भदौ २९, पथरी । ५९औं राष्ट्रिय बाल दिवसको अवसरमा नगरस्तरीय अन्तरविद्यालय सामुहिक लोक नृत्य प्रतियोगितामा रेडस्टार मावि प्रथम भएको छ ।
शुक्रबार पथरीशनिश्चरे नगरपालिकाद्वारा आयोजित प्रतियोगितामा पथरीशनिश्चरे–२ मा रहेको रेडस्टार माविले प्रथम उपाधि चुमेको हो । प्रतियोगितामा एभरेष्ट अंग्रेजी आवासीय मावि दोस्रो भए । त्यस्तै वाल्मीकि मेमोरियल आवसीय मावि तेस्रो भएका थिए । प्रथम हुनेलाई ९ हजार, द्धितीय हुनेलाई ६ हजार र तृतीय हुनेलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिएको थियो । प्रथम, द्धितीय र तृतीय हुनेलाई कार्यक्रमको विशिष्ट अतिथि नगरपालिकाका उपप्रमुख देवीमाया काफ्लेले नगद, ट्रफी र प्रमाण पत्र प्रदान गरेका थिए ।
नगर बाल संञ्जालका अध्यक्ष मुरारी प्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मोहनप्रसाद तुम्वापो र विशिष्ट अतिथि उपप्रमुखको देवीमाया काफ्लेले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
कार्यक्रममा नगर शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले गत शैक्षिक सत्र २०७९ का लागि नगरका संस्थागत तथा सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याई नगरपालिका मातहतमा संचालित कक्षा –५, ८ र १० एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्रतिवेदन प्रस्तुत गरेका थिए । सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुले फूल, अबिर, नगद सहित छात्राछात्रलाई पुरस्कृत गरेका थिए ।
नेपालका तीन नाष्ट नामक वैज्ञानिकहरूको साझा संस्थाबाट छनौटमा पर्न सफल पथरीशनिश्चरे–३ निवासी त्रिसव तिम्सिनालाई नगरकार्य पालिकाको बैठकले पारित गरेको ५० हजार रुपैयाँ नगद प्रदान गरि सम्मान गरिएको थियो ।
संस्थागत विद्यालयबाट एसईई परीक्षामा सर्वोकृष्ट नजिता प्राप्त गर्ने प्याराडाईज ईंङ्लिस बोर्डिङ स्कुलबाट ३.९५ जिपीए ल्याउन सफल निष्फल काफ्ले र सामुदायिक विद्यालयहरुबाट पञ्चायत माविबाट ३.८ जिपिए प्राप्त गर्ने ३ जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विभिन्न तहगत नतिजामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने छात्राछात्रहरुलाई पुरस्कृत गरिएको थियो ।
बडाध्यक्षहरु नैना साम्पाङ राई, जीवन खतिवडा, उद्धव बस्नेत र कार्यपालिका सदस्य कल्पना श्रेष्ठ, वडा सदस्यहरू क्रमशः चन्द्र कुमार राई, सीता भुसाल, विभिन्न विद्यालयहरुका शिक्षाक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।



