सोमवार, भदौ ३०, २०८२

रेडस्टारद्वारा अभिभावक अभिमुखीकरण कार्यक्रम

असोज १५, पथरी । पथरी शनिश्चरे –२ मा रहेको रेडस्टार माध्यमिक विद्यालयले अभिभावकहरुसँग अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार भएको कार्यक्रममा प्लेग्रुप देखि युकेजी सम्म अध्ययनरत बालबालिकाका अभिभावकहरूलाई अभिमुखीकरण कार्यक्रम गरेको हो ।

शिशुदेखि कक्षा युकेजी सम्मका नानीबाबुहरूले विभिन्न कक्षाकोठाभित्र कसरी बालमनोविज्ञानमा आधारित शिक्षण सिकाइ सहजीकरण गरिन्छ भन्ने बारेमा गरिएको थियो । साथै विभिन्न कक्षाका नानीबाबुहरूले गाउँदै नाच्दै र खेल्दै – सिक्दै सिकाइ क्रियाकलाप सम्वन्धि प्रस्तुति दिएका थिए ।

नगरपालिकाका शिक्षा शाखा अधिकृत नवीन खुलाल बुढाथोकीले शिक्षण– सिकाइ क्रियाकलापमा नवीन युग संगै नवीनतम प्रयोगहरू भैरहेको हुदाँ सोहि अनुरूप शिक्षण कार्यलाई संचालन तथा सहजीकरण गर्नु पर्ने औल्याउनु भएको छ ।

रेडस्टार माविका प्रिन्सिपल टि.एन. तिम्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका आईएसए कोअर्डिनेटर तथा संचालक समिति सदस्य राजु तिम्सिना, भाईस प्रिन्सिपल बसन्त मादेन, शैक्षिक संयोजक तिर्थ दहाल, लावन्य इन्टरनेशनलका कन्ट्री डाइरेक्टर मनोज पण्डित, कार्यक्रम डाइरेक्टर पूजा शाह लगायतका प्रतिनिधिहरुको विशेष आतिथ्यता रहेको थियो। यसै वर्ष देखि लावन्य इन्टरनेशनलकी सहजकर्ता मनिसा कर्णलाई विद्यालयले नियमित सहजकर्ताको रूपमा अनुबन्ध गरिएको उक्त कार्यक्रम मार्फत् जानकारी दिईएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2025 Nigranitimes.