भूल्के सुन्तोली वनको अध्यक्षमा भिम लिम्बु र उपाध्यक्षमा पूर्ण बोहोरा विजयी

८ पुस, कानेपोखरी । कानेपोखरी–६ स्थित विहिबारे पूर्व रहेको भुल्के सुन्तोली सामुदायिक वन उपभोत्ता समूहको अध्यक्षमा भिमराज लिम्बु र उपाध्यक्षमा पूर्णबहादुर बोहोरा निर्वाचित भएका छन् ।

शनिबार विहिबारेको पञ्चज्योती आधारभूत विद्यालयमा भएको चुनावमा भिमराज लिम्बुले ३५२ मत ल्याई विजयी भएका हुन । अध्यक्षका प्रत्यासी शेरबहादुर लिम्बुले २३२ मत ल्याएका थिए । त्यस्तै उपाध्यक्षमा पूर्णबहादुर बोहोराले ३०७ मत ल्याई विजयी भएका छन् । उपाध्यक्षका प्रत्यासी अमरबहादुर घिसिङले २०८ मत र राजकुमार जिमीले ४२ मत ल्याएका थिए ।

वन समितिमा अन्य सवै पदमा सर्वसम्मत चयन भएका थिए भने अध्यक्ष र उपाध्यक्ष पदमा मात्र चुनाव भएको हो । सहमतिमा कुरो नमिलेपछि दुई पदको लागि निर्वाचनमा जानु परेको थियो ।

समितिको सचिवमा कौशिला कार्की, सहसचिवमा जितकुमार राई र कोषाध्यक्षमा टंकमाया श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा नरबहादुर केदेम, सकल केदेम, योण्डरसिंह खड्का, बलबहादुर चेम्जोङ, शान्ता मगर, कृष्ण ताम्ली, पवित्रा बस्नेत, मनकुमारी मगर, शोभा बानिया सर्वसम्मत चयन भएका हुन ।

अनुगमन समिति संयोजकमा ईश्वरकुमार राई, सदस्य रोशन राई, लेखा समिति संयोजकमा मनिराज लिम्बू, सदस्यमा बिर्जुलाल माझी चयन भएका छन् ।

भुल्के सुन्तली सामुदायिक वनको २२८.९२ हेक्टर क्षेत्रफल रहेको छ । यस वनमा उपभोक्ताको संख्या १००४ जना रहेका छन् ।

सम्बन्धित खवर