१७ पुस, पथरी । मोरङको पथरी शनिश्चरे –२ मा स्थापित हरियाली सामुदायिक वन लिमिटेडको वार्षिक साधारण सभा यही पुस २५ गते हुनेभएको छ ।
वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष अशोक साम्पाङले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/०८० को वासताल, नाफा नोक्सान हिसाव सोही अवधिको नगद प्रवाह विवरण लगायत सम्वन्धित अनुसूचीहरु पारित गर्ने छ ।
त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने, भावी प्रस्तावित कार्ययोजना प्रस्तुत र शेयर सदस्यहरुलाई प्रमाण–पत्र वितरण गरिने कम्पनीका अध्यक्ष अशोक साम्पाङले बताए ।