२१ पुस, कानेपोखरी । मोरङको कानेपोखरी अस्पतालले प्रत्येक महिनाको तेस्रो शुक्रबार नियमित निशुल्क मानसिक स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्दै आएको छ ।
पुस महिनाको तेस्रो शुक्रबार हिजो भएको निशुल्क मानसिक स्वास्थ्य परीक्षण तथा उपचार सेवामा ११ जनाले सेवा लिएका छन् । वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. नबराज कोइरालाबाट मानसिक स्वास्थ्य परीक्षण भएको हो । मानसिक समस्या भएकोलाई उपचार तथा परामर्श दिने गरेका छन् ।
विराट मेडिकल कलेज मानसिक तथा मनोरोग विभाग, विराटनगरको आयोजनामा प्रत्येक महिना हुने गरेका कानेपोखरी अस्पतालका प्रशासन प्रमुख रोहिन्द्र कुमार राजभण्डारीले बताए ।