२६ पुस, कानेपोखरी । जनसेवा माध्यामिक विद्यालयका पूर्व विद्यार्थीद्धारा सामुदायिक विद्यालयका छात्राछात्रलाई न्यानो पोसाक वितरण गरेको छ ।
मोरङको कानेपोखरी ६ स्थित सुन्तोली आधारभूत विद्यालयका ४३ जना छात्राछात्रलाई न्यानो पोसाक ट्रयाकसुट वितरण गरेको हो । जनसेवा मावि कक्षा १० समूह २०४८ का पूर्व विद्यार्थीहरु नगेन्द्र रिजाल, तिर्थ खतिवडा, डोरमणी श्रेष्ठ, तेजेन्द्र पराजुली, टंकप्रसाद न्यौपाने, चन्द्रकला भट्टराई, होमनाथ खरेल, गोपाल सुबेदी र काजीराम गौतमको नेतृत्वको टोलीले न्यानो पोसाक प्रदान गरेको डोरमणी श्रेष्ठले जानकारी दिए ।
पूर्व विद्यार्थीहरुबाट रकम संकलन गरी ४३ हजार रुपैयाको ४३ वटा न्यानो पोसाक ट्रयाकसुट खरिद गरी वितरण गरिएको थियो । वडा नं. ६ का वडा अध्यक्ष खड्ग बहादुर बस्नेत, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, वडा सदस्य राजकुमार लिम्बु, विद्यालय व्यवस्थापन समितिका सदस्य नरवहादुर सुन्दास र प्रधानाध्यापक धनञ्जय फुयलले पोसाक वितरण गरेका थिए ।