बुधबार, बैशाख ९, २०८३

उप–प्रमुख काफ्लेद्वारा न्यानो कपडा वितरण

८ माघ, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका उपप्रमुख देवीमाया काफ्लेको जनतासँग उपमेयर कार्यक्रम अन्र्तगत पथरीशनिश्चरेमा न्यानो कपडा वितरण गर्नुभएको छ ।

अत्याधिक जाडो बढेसँगै उप–प्रमुख काफ्लेले आइतबार नगरका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गर्नुभएको हो ।
पथरीशनिश्चरे–६ र ८ का विपन्न १६ घर परिवारलाई न्यानो ब्लाङकेट र २२ जना साना नानीहरुलाई न्यानो स्वेटर वितरण गर्नुभएको थियो ।

उप–प्रमुख काफ्लेले भन्नुभयो–‘विगत केही हप्तादेखि सुरु भएको लगातारको सितलहरको कारण तराई क्षेत्रमा निक्कै जनजीवन अस्तव्यस्त भएकाले चिसोमा हामीले सबैभन्दा बढी बालबालिका, जेष्ठ नागरिक, विपन्न परिवारहरूलाई ध्यानदिनु पर्छ त्यसैले हामीले यो अभियान संचालन गरेका हौँ ।’

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.