माउण्ट हर्माेन चिल्ड्रेनका विद्यार्थीले दुईवटा अवार्ड जिते

१८ माघ, कानेपोखरी ।

मोरङको कानेपोखरी ६ मा स्थापित माउण्ट हर्माेन चिल्ड्रेन एकेडेमीका विद्यार्थीले दुईवटा अवार्ड जितेका छन् ।

सुवानी राजभण्डारी, विना तामाङ, युना श्रेष्ठ, अमृता मगर, गोपी शाह र रोमदिप भट्टराईले प्रतियोगितामा कि पाट्नर अवाड र वेस्ट कोलावोराटिभ अवार्ड जितेको हो । उनिहरुले माघ १२ र १३ गते जनकपुरमा भएको राष्ट्रव्यापी ‘फस्ट स्टुडेन्ट इनोभेसन समिट –२०२४’ प्रतियोगितामा जितेको विद्यालयका संस्थापक सदस्य एविन्द्र पाठकले जानकारी दिएका छन् ।

प्रतियोगितामा माउण्ट हर्माेन चिल्ड्रेन एकेडेमीका विद्यार्थीले च्याउको उत्पादन गर्ने प्रकृया साथै च्याउका परिकार अन्तरर्गत च्याउको पकौडा र च्याउको सुप बनाएर खुवाएका थिए । विद्यार्थीहरुका व्यवसायिक क्षमता र उद्यमशिलता हुनुपर्छ भन्ने उदेश्यका साथ कार्यक्रममा देशभरका ६ सय जना विद्यार्थीहरु सहभागि थिए ।

यस्ता कार्यक्रमहरुले नानीहरुमा किताबी ज्ञान सँगै सानै उमेरबाट व्यवसायीक शीपको विकास हुने, व्यवहारीक हुने, स्वनिर्भर बन्न सहयोग पुग्ने विद्यालयका अध्यक्ष राजेश कार्कीले बताए । विद्यालयका प्रिन्सिपल होम थापा मगरले राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सहभागि हुन कुनै कन्जुसाई नगरेको र सहभागि भएपछि पुरस्कार जितेरै आउने बताउँदै सहभागी विद्यार्थी, अभिभावक तथा प्रशिक्षक, शिक्षक सवैलाई धन्यवाद दिएका छन् ।

विद्यार्थीलाई हौसला प्रदान गर्न कार्यक्रममा एनप्यावसन कोशी प्रदेश उपाध्यक्ष सुनिल दत अधिकारी, एसक्यसी काउन्सिल मेम्बर राजेश कार्की, एनप्यावसन जिल्ला उपाध्यक्ष दिपक चौलागाई, कानेपोखरी अध्यक्ष अर्जुन राई र सचिव महेन्द्र बोहोरा पनि पुगेका थिए ।

च्याउ उत्पादनमा विद्यार्थी
माउण्ट हर्माेन चिल्ड्रेन एकेडेमीका विद्यार्थीले माघ २ र ३ गते च्याउ खेती बारेमा तालिम लिएका थिए । मोरङको  ववियाविर्ता स्थित ग्रीस्मा च्याउ उद्योगका संचालक तथा प्रशिक्षक बमलाल खवासले दुईदिन च्याउ खेती बारेमा विद्यार्थीलाई च्याउको विऊ राख्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने बारेमा सहजिकरण गरेका थिए । अहिले विद्यार्थीले विद्यालयमै च्याउ खेती गरिरहेको विद्यालयका संस्थापक सदस्य पाठकले बताए ।

 

सम्बन्धित खवर