सोमवार, पुस २८, २०८२

मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघको जिल्ला अध्यक्षमा युवाराज भुजेल सर्वसम्मत

२१ माघ, पथरी । मोरङ सि.एच. आईटिएफ तेक्वान्दो संघको प्रथम जिल्ला अधिवेशनले अध्यक्षमा युवराज भुजेललाई चयन गरेको छ ।

कानेपोखरी गाउँपालिका –६ स्थित जनसेवाको प्राङ्गणमा भएको अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा विद्यानन्द चौधरी, सचिवमा कला आले मगर, सहसचिवमा रोषन भुजेल र कोषाध्यक्षमा मिना भुजेल रहेको छ ।

त्यस्तै सदस्यहरुमा विनोद भुजेल, सोमबहादुर धिमाल, मन्दिरा भुजेल, गजेन्द्र धमला, देवनारायण राई र इश्वर कुमार राई रहेका छन् ।

जनसेवामा माविका प्रधानाध्यापक प्रमोद निरौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथिहरुमा सि.एच. आईटिएफ तेक्वान्दो संघको केन्द्रीय अध्यक्ष कुसल बुढामगर, रमाइलो साकोसका अध्यक्ष त्रिभूनाथ फुयल, रमाइलो युवा परिवारका अध्यक्ष नविन पौड्याल, जनसेवा माविका शिक्षक तथा समाजसेवी राजकुमार बराल लगाएत रहेका थिए । बिद्यानन्द चौधरीको सभापतित्वमा भएको कार्यक्रममा युवराज भुजेलले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.