८ नम्बर वडाका ४५ जना छात्राछात्रलाई पोशाक र शैक्षिक सामाग्री प्रदान

२४ माघ, पथरी । मोरङको पथरीशनिश्चरे ८ नम्बर वडाले तीन वटा विद्यालयका विद्याथर्थीहरुलाई पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ ।

मंगलबार ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत ४५ जना छात्रछात्रालाई पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो । विद्यार्थीलाई विद्यालय पोशाक, जुत्ता, ब्याग, डटपेन, पेन्सिल र कापी वितरण गरिएको वडा अध्यक्ष नविन कार्कीले बताए । बुद्ध माध्यामिक विद्यालयका २० जना, दुर्गा आविका १५ जना र मिलन आविका १० जना विद्यार्थीहरु गरी कुल ४५ जना विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो र नगरपालिकाका शिक्षा अधिकृत नविन खुलालले शुभकामना मन्तव्य राखेका थिए । वडाअध्यक्ष नविन कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रममा वडा सदस्यहरु बाबुराम चौधरी, शान्ता योङहाङ, झमकबहादुर लिम्बु, शिवमाया विश्वकर्मा र विद्यालयका शिक्षिकहरुको उपस्थिति रहेको थियो । वडा सचिव अशोक कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

सम्बन्धित खवर