कानेपोखरीमा सामुदायिक कुकुरको बन्ध्याकरण शिविर सञ्चालन

 

२७ माघ, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकाले पहिलो पटक सामुदायिक कुकुरको बन्ध्याकरण शिविर कार्यक्रमको आयोजना गरेको छ । शुक्रबार सुरुभएको शिविरमा सामुदायिक कुकुरलाई निःशुल्क रेविज विरुद्धको खोपको पनि शिविर सञ्चालन गरिएको छ ।

माघ २६ र २७ गते हुँने शिविरमा पहिलो दिन ४१ वटा भाले र २८ वटा पोथी गरी जम्मा ६९ वटा सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ । २ वटा सामुदायिक कुकुरको ट्युमरको अपरेशन छ ।

कुकुरको बन्ध्याकरण शिविर आज शनिबार पनि संचालन हुने छ । गाउँको टोल टोलमा गएर कुकुर पक्रेर ल्याएर गाउँपालिकाको प्राङ्गणमा बन्ध्याकरण गरिने कानेपोखरी गाउँपालिका पशु सेवा शाखा प्रमुख डम्बर राईले जनाएको छ । गाउँघरमा पालिएका कुकुरहरुलाई निःशुल्क रेविज बिरुद्धको खोप पनि लगाईएको थियो ।

बन्ध्याकरण शिविरमा भेटेरिनरी डा.सुवास चन्द्र चौधरी र डा. रिगबेन्द्र तिवारीले सहजिकरण गरेका छन् । कुकुरको बन्ध्याकरणको लागि नेपाल एग्री लाईभष्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरी र नेपाल भेटेरिनरी एशोसिएसन १ नम्बर प्रदेशले प्राविधिक सहयोग गरेको छ ।

शिविरको गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, ६ नं. वडा अध्यक्ष खड्ग बस्नेतले पनि अनुगमन गरेका थिए ।

 

सम्बन्धित खवर