राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा नगरकै प्रथम हुने खेलाडीलाई वडाद्वारा सम्मान

२७ माघ, पथरी । भखरै सम्पन्न पथरी शनिश्चरे नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सबैभन्दा बढी मेडल प्राप्त गर्दै नगरकै प्रथम हुने खेलाडीलाई वडा नं. ८ ले सम्मान गरेको छ ।

शुक्रबार बुद्ध माध्यामिक विद्यालयमा अध्ययनरत खेलाडी वडा नं. ८ को ‘वडा अध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको हो । राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत बुद्ध माध्यमिक विद्यालयलाई नगरपालिकाकै प्रथम बनाउन सफल विभिन्न खेलमा २६ मेडल प्राप्त गरेका थिए ।

मेडल प्राप्त गर्ने विद्यार्थीहरुलाई वडाले प्रतिमेडल रु १ हजार दिने घोषणा गरेको अनुसार हौसला प्रदान गर्न रकम दिएको वडा अध्यक्ष नवीन कार्कीले बताए ।

कार्यक्रममा वडाध्यक्ष नवीन कार्की, सदस्यहरू बाबुराम चौधरी, शान्ता योहांङ, झमकबहादुर लिम्बु, शिवकुमारी विश्वकर्मा, प्रधानाध्यापक बोधराज सिग्देल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाशबहादुर कार्की, शिक्षकहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर