६ फागुन, इटहरी । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखाले अभिकर्ता तालिम साथै अभिकर्तालाई सम्मान गरेको छ ।
शनिबार इटहरीको दुर्गा पार्टी प्यालेसमा भएको कार्यक्रममा पदक योजना एचिभर, महिनामा उत्कृष्ट र बर्षामा उत्कृष्ट गरी जम्मा ४२ जना अभिकर्तालाई सम्मान गरिएको हो ।
कार्यक्रममा १ नं. प्रदेश प्रमुख नरेन्द्र राईले अभिकर्ताले सफलता पाउन अपनाउनु पर्ने व्यवहार, गर्नु पर्ने काम र कम्पनीले दिने अभिकर्ताको सेवा सुविधा बारे प्रकार पारेका थिए ।
कम्पनीका नायव कार्यकारी प्रमुख स्मृति कडेलले अभिकर्ता क्षमता अभिबृदि र उत्प्रेरण तालिमको सहजिकरण गरेका थिए । ३ सय जना सकृय अभिकर्ताको उपस्थित रहेको थियो । कार्यक्रम इटहरी शाखा प्रमुख भोजमान श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो ।