Warning: Constant DISALLOW_FILE_EDIT already defined in /home/nigaranitimes/public_html/wp-config.php on line 94
पथरी उवा संघको अध्यक्ष पदमा बस्नेत र राईको भिडन्त - Nigranitimes

पथरी उवा संघको अध्यक्ष पदमा बस्नेत र राईको भिडन्त

६ फागुन, पथरी । पथरी उद्योग वाणिज्य संघको १९ औं चुनावी साधारण अन्र्तगत नयाँ कार्य समिति चयनका लागि फागुन ७ गते निर्वाचन हुँदैछ । शनिबार सम्म धेरै पदहरुमा निर्विरोध निर्वाचित भएका छन् भने अध्यक्ष र उपाध्यक्ष पदमा भने सहमति जुट्न सकेको छैन ।

भोली हुने निर्वाचनमा अध्यक्ष पदका लागि पूर्व अध्यक्ष दीपक बस्नेत र देवी राई(नाना) चुनावी मैदानमा उत्रीएका छन् । अध्यक्ष पदका लागि ७ दलीय संयुक्त गठबन्धनको तर्फबाट पूर्व अध्यक्ष दिपक बस्नेत रहेका छन् भने अर्का अध्यक्ष पदको लागि देवी राई (नाना)ले स्वतन्त्र उम्मेद्वारी दिएर चुनावी मैदानमा छन् ।

त्यस्तै उपाध्यक्ष पदमा इश्वरी सापकोटा, रवीन्द्रकुमार राई र हरिराज प्याकुरेल गरी तीन जनाको प्रतिस्पर्धा हुने छ ।

अन्य पदहरुमा निर्विरोध निर्वाचित
वरिष्ठ उपाध्यक्षमा लोकनाथ खरेल, महासचिवमा अशोककुमार राई, उद्योग सचिवमा प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिवमा निलम बस्नेत र कोषाध्यक्षमा तेजेन्द्रप्रकाश राजभण्डारी निर्विरोध निर्वाचित भएका छन् ।

महिला सदस्यमा जुनी थपलीया र प्रेम कुमारी ढकाल र खुल्ला सदस्यहरुमा इन्द्रबहादुर राई, तीर्थराज अधिकारी, भरत भण्डारी र सन्तोष चौधरी निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै लेखा संयोजकमा रोहित बास्तोला, लेखा सदस्यमा निरज कटुवाल र प्रकाश डाँगी पनि निर्विरोध निर्वाचित भएका हुन ।

पथरी शनिश्चरे क्षेत्रका उद्योगी, व्यवसायी तथा व्यापारीहरूले विभिन्न पदहरुमा २५ जनाले आफ्नो उमेद्वारी दिएका थिए ।

पथरी उद्योग वाणिज्य संघको १९ औं निर्वाचनमा मुख्य पद र अन्य पदहरुमा दलिय भागबन्डा लगाएर निर्वाचनमा गएका थिए । नेकपा एकिकृत समाजबादीको तर्फबाट अध्यक्ष पदमा दिपक बस्नेत, बरिष्ठ उपाध्यक्ष काङ्ग्रेस, उपाध्यक्ष रास्वपा, महासचिव एमाले, उद्योग सचिव काङ्ग्रेस, वाणिज्य सचीव माओबादी, कोषाध्यक्ष एमाले, सदस्य राप्रपा, जसपा, लेखा संयोजक काङ्ग्रेस जस्ता भागबन्डा गरेर सर्वसम्मत नेतृत्व चयन गर्ने सहमति भएको थियो ।

सम्बन्धित खवर