रेडस्टार माविको दुई दिने अभिभावक दिवस तथा वार्षिकोत्सव

१३ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे–२ मा स्थापित रेडस्टार आवासीय माध्यामिक बिद्यालयले आफ्नो २ दिवसीय २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव सुरु गरेको छ ।

आइतबार विद्यालयका निर्देशक तथा प्रिन्सिपल टि.एन.तिम्सिनाको सभापतित्वमा पथरीशनिश्चरे नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको हो ।

प्रमुख आतिथि शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख शालिग्राम काफ्लेले राज्यको शैक्षिक मापदण्ड अनुसार नै शैक्षिक क्रियाकलापहरूको गरिरहेको पाइएकाले संस्थागत विद्यालयहरूमाझ आफुलाई रेडस्टार मावि अब्बल दर्जा हासिल गर्न सफल भएको उल्लेख गरे ।

सोहि क्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले विद्यालयले वर्षभरि संचालन गरेका विभिन्न शैक्षिक क्रियाकलापहरूको सम्बन्धी कार्य प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । उक्त अवसरमा विद्यालयका आईएसएको ओडिनेटर तथा संस्थापक राजु तिमिल्सिना, नेपाल शिक्षक महासंघका अध्यक्ष तथा पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी, भाईस प्रिन्सिपल बसन्त मादेन, विद्यालय ब्यवस्थापन समितिका सदस्य विजय डाँगी, किराँत एकेडेमीका प्रिन्सिपल सुजन बाँस्तोला, पथरी उद्योग वाणिज्य संघका महासचिव अशोक साम्पाङ राई, लर्ड बुद्ध साकोसको अध्यक्ष धन राज राई ंआमिरं, भागिरथ माविकी प्रधानाध्यापक जानकी चेम्जोङ लगायतका अतिथि रहेका थिए ।

वार्षिकोत्सवको पहिलो दिन प्लेग्रुपदेखि कक्षा ४ सम्मका विद्यार्थीहरूले गायन, नृत्य, नाटक, जस्ता विभिन्न विधाहरूमा आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सोहि क्रममा विभिन्न शैक्षिक तथा खेलकुद प्रतियोगिताहरुमा विजयी छात्रा छात्रहरुलाई समेत पुरस्कृत गरिएको थियो ।

बिहान कक्षा ११ र १२ का छात्राछात्रहरुका लागि ईलाका प्रहरी कार्यालय पथरीको समन्वयमा लागुऔषध दुव्र्यसनी न्युनिकरण तथा अनुसन्धान सम्वन्धी कार्यक्रम संचालन गरिएको थियो । ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठले प्रहरीले झुठ बोलेको कसरी थाहा पाउँछ र लागू औषध दुव्र्यसनी सम्बन्धी सचेतनामूलक सहजीकरण गरेका थिए ।

विद्यालयले भोलि पनि कक्षा ५ देखि माथिका लागि विद्यालयले गरेका शैक्षिक गतिबिधिहरुमा पुरस्कृत विद्यार्थीहरुलाई पुरस्कृत गर्ने उद्देश्यले भोलि पनि अभिभावक दिवस तथा वार्षिकोत्सव मनाउने भएको प्रिन्सिपल टिएन तिम्सिनाले जानकारी दिए ।

सम्बन्धित खवर