रेडस्टार माविको दुई दिने अभिभावक दिवस तथा वार्षिकोत्सव सम्पन्न

१५ फागुन, पथरी । मोरङको पथरीशनिश्चरे –२ मा स्थापित रेडस्टार आवासीय माध्यामिक बिद्यालयको आफ्नो २८ औं अभिभावक दिवस तथा वार्षिकोत्सव समापन भएको छ ।

विद्यालयले कक्षा प्लेग्रुपदेखि कक्षा ४ सम्मको हिजो र कक्षा ५ देखि माथि कक्षा १२ र बिबिएस सम्मका आज अभिभावक दिवस तथा वार्षिक उत्सव मनाएका थिए ।

स्कुलले सोही अवसरमा बिद्यार्थी कलाकारको अभिनयमा हेच्छाकुप्पा नाटक प्रदर्शन, नृत्य, गीत, प्रहर्शन, उदघोषण तथा बत्तित्व कला प्रदर्शन, कक्षा ११ का विद्यार्थीलाई स्वागत, पुरस्कार वितरण गर्दै दुई दिनसम्म भब्य कार्यक्रम गरेको थियो ।

सोमबार विहान नयाँ विद्यार्थीहरुका लागि स्वागत, अपरान्ह कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थी तथा अभिभावकको उपस्थितिमा नाटक हेच्छाकुप्पा तथा बिभिन्न सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रम गरेर उत्सव मनाएको थियो ।

समापन कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापोको प्रमुख आतिथ्य र विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाको सभाध्यक्षतामा समापन भएको हो ।

कार्यक्रमका क्रममा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख शालिग्राम काफ्ले, शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकी समेतले रेडस्टार माविले राज्यको शैक्षिक मापदण्ड अनुसार नै संस्थागत विद्यालयहरु माझमा एक अब्बल दर्जा हासिल गर्दै शैक्षिक क्रियाकलापहरूको गरिरहेको र नगरपालिकाकै शिर उच्चो राख्ने गरी काम गरी रहेको बताए ।

सोहि क्रममा विद्यालयका निर्देशक तथा प्रिन्सिपल टिएन तिम्सिनाले विद्यालयले वर्षभरि संचालन गरेका विभिन्न शैक्षिक क्रियाकलापहरूको सम्बन्धी कार्य प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पञ्चायत मावि सञ्चालक समिति अध्यक्ष युवराज बास्कोटा, भागिरथ मावि सञ्चालक समिति अध्यक्ष पर्शुराम कार्की, लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक गणेश बाछाना राई, फोनिज केन्द्रीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष मोहन भट्टराई, फोनिज मोरङ जिल्ला अध्यक्ष दिनेश सुब्बा, नगरको सूचना सम्पादक सन्तोष राई र ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गणेश कुमार श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।

सम्बन्धित खवर