सहकारी अभियान्ता कृष्णकुमारी गुरुङलाई सम्मान

२२ चैत, कानेपोखरी । मोरङको कानेपोखरी ४ स्थित मिलनचोककी सहकारी अभियान्ता कृष्णकुमारी गुरुङ सम्मानित भएका छन् ।

६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा मोरङ जिल्ला सहकारी अभियानद्धारा मंगलबार विराटनगरमा सम्मानित भएका हुन ।

कानेपोखरी ४ मा रहेको बयरवन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष कृष्ण कुमारी गुरुङलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले दोसल्लाह र सम्मान पत्रले सम्मान गरेको हो । गुरुङ संस्थाको संंस्थापक अध्यक्ष पनि हुन ।

सहकारी संगठन विस्तार र सो मार्फत समाज रुपान्तरणमा पुर्याउनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै सम्मान गरिएको सम्मान पत्रमा उल्लेख छ ।

गुरुङ ३१ बर्षदेखि निरन्तर सहरकारी क्षेत्रमा क्रियाशिल रहि २०४९ सालदेखि बयरवन महिला बचत तथा ऋण सहकारी संस्था लि.को तदर्थ समितिको अध्यक्ष हुँदै हाल अध्यक्ष पद सम्हाल्दै आएका छन् । गुरुङ साविक वडा नं. ६ हुदाँ उनी जननिर्वाचित वडा अध्यक्ष पनि हुन ।

सम्बन्धित खवर