साना किसानद्धारा कानेपोखरीमा कोल्ड स्टोर संचालन

२३ चैत, कानेपोखरी । मोरङको कानेपोखरी –६ मा रहेको साना किसान सहकारी संस्था लि.ले आधुनिक कोल्ड स्टोर(शित गृह) संचालनमा ल्याएका छन् ।

वडा नं. ४ को सप्तरंङगी टोलमा एक बर्षअघि निर्माण सम्पन्न भएको कोल्ड स्टोर सञ्चालनमा ल्याएको हो । कानेपोखरी गाउँपालिका अध्यक्ष राजमती इङ्नाम र उपाध्यक्ष भोला प्रसाद अधिकारीले रिवन काटेर कोल्ड स्टोर(शित गृह) को सोमबार उद्घाटन गरेका थिए ।

उद्घाटनको किसानहरुले दिन १५ बोरा (७५०केजी) आलु विऊको लागि स्टोर गरेका थिए । सुरुमा संस्थाकी उपाध्यक्ष कमलादेवी तिम्सिना पराजुलीले ५० केजी आलुको विऊ राखेर सुरुआत गरेकी थिइन् ।

कोल्ड स्टोर(शित गृृह)को दुईवटा चेम्बर रहेका छन् । एउटामा आलु र अर्कोमा फलफुल राख्ने व्यवस्था गरिएको र आलु मात्र २० हजार टन राख्ने क्षमता रहेको संस्थाकी व्यवस्थापक विमला विष्ट थापाले बताइन् । कोल्ड स्टोरमा ५० केजीको १ बोरा आलु राखे बापत ५ सय रुपैया संस्थालाई तिर्नुपर्ने संस्थाले जनाएको छ ।

संस्थाले २०७७ सालमा जग्गा खरिद गरेको थियो । कोल्ड स्टोर(शित गृह) निर्माण गर्न ११ लाख प्रदेश सरकार, १ लाख ७५ हजार कानेपोखरी गाउँपालिका र १७ लाख ५७ हजार ९ सय ३५ रुपैया संस्थाको लागतमा जम्मा ३० लाख ३२ हजार ९ सय ३५ रुपैयामा कोल्ड स्टोर निर्माण सम्पन्न भएको थियो ।

संस्थाकी अध्यक्ष यशोदा लिम्बुको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष कमलादेवी तिम्सिना पराजुलीले कार्यक्रम संचालन गरेकी थिइन् । कार्यक्रममा पालिकाका प्रमुख प्रशासकिय अधिकृत हीरा यादव, ६ नम्बर वडा अध्यक्ष खड्ग बस्नेत, कार्यपालिका सदस्य पद्मा गुरुङ र कृषि शाखा प्रमुख सागर पौडेल पनि उपस्थित रहेका थिए ।

सम्बन्धित खवर