मुसहर बस्तीमा विदेशी नागरिकले चारदिन श्रमदान गर्दै

२७ चैत्र, कानेपोखरी । न्युजिल्यान्ड देशको नागरिकले ऋषिदेवहरुको घर निर्माणकार्यमा ४ दिन श्रमदान गर्ने भएका छन् ।

न्युजिल्यान्ड देशको होम फाउन्डेसन संस्थाका १२ जना पुरुषमहिलाले श्रमदान गर्ने भएको हो । मोरङको कानेपोखरी ४ स्थित नारायण चोक पूर्व खोरियाटोलको मुसहर बस्तीमा १५ घर ऋषिदेव परिवारको लागि आवास निर्माणकार्य भैरहेको छ ।

सोमबार गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, कार्यपालिका सदस्य, वडासदस्यहरुको उपस्थितमा श्रमदान सुरु गरिएको थियो । घर निर्माणको अनुभव हासिल गर्न उनीहरू श्रमदान गर्न आएका बताईएको छ ।

कानेपोखरी गाउँपालिका र ह्याविट्याट फर ह्युम्यानिटी नेपालको साँझेदारीमा १५ घर ऋषिदेव परिवारको लागि सुरक्षित आवास निर्माणकार्य एक हप्ता अघिबाट सुरु गरिएको थियो ।

एउटा आवासमा ४ कोठा, १ शौचालय, १ भान्सा निर्माण हुने भएको छ । कानेपोखरी गाउँपालिकाको १ करोड, ह्याविट्याट फर ह्युम्यानिटी नेपालकोे ४० लाख गरी कुल १ करोड ४० लाख रुपैया लागतमा १५ वटा आवास निर्माण सम्पन्न गर्नु पर्ने सम्झौता रहेको छ ।

सम्बन्धित खवर