बजेट नीति तथा कार्यक्रम तयारी सम्बन्धमा सुझाव संकलन सुरु

२५ बैशाख, पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तयारी सम्बन्धमा सुझाव संकलन कार्यक्रम सुरु गरेको छ ।

सोमबार नगर कार्यपालिकामा नगरका विभिन्न संघसंस्थाको प्रतिनिधिहरुको भेला गरी आगामी बजेट नीति तथा कार्यक्रम सम्बन्धी सुझाव संकलन गरिएको हो ।

नगर प्रमुख मोहन प्रसाद तुम्वापो, उप–प्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राईको उपस्थितिमा राय सुझाव संकलन भएको थियो ।

नगर भित्रका विभिन्न संघसंस्थाका प्रतिनिधि र दिग्गज व्यक्तिहरुबाट बजेट नीति तथा कार्यक्रम तयारी सम्वन्धमा सुझाव संकलन गरिएको थियो । यसैगरी क्रमशः वैशाख २५ र २६ गते अन्य क्षेत्रका प्रतिनिधिहरुसँग सुझाव संकलन गरिने प्रमुख प्रशासकीय अधिकृत राईले जनाए ।

सम्बन्धित खवर