बजेट नीति तथा कार्यक्रम निर्माणको लागि सञ्चारकर्मीहरुसँग सुझाव संकलन

बैशाख २५, पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम निर्माण तयारी सम्वन्धमा सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन लिएको छ ।

मंगलबार पथरी शनिश्चरे नगरपालिकालाई आधार बनाएर सञ्चार क्षेत्रमा कार्यरत पत्रकारहरुसँग सुझाव संकलन गरेको हो । नगर प्रमुख मोहन तुम्बापो, उपप्रमुख देविमाया काफ्ले, प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा अधिकृत पिताम्बर वस्ति, योजना शाखाका लुकनाथ पोख्रेल, सूचना सम्पादक सन्तोष राई, लेखापाल गुणराज थापा लगायतको उपस्थितिमा सञ्चारकर्मीहरुसँग सुझाव संकलन गरेका थिए ।

सञ्चारकर्मीहरुले बजेट तथा नीति कार्यक्रममा खाद्यन्न उत्पादन, स्वरोजगार, क्षमता अभिवृद्धि, वातावरणीय सरसफाई समेत ध्यान दिनुपर्ने सुझाव पेस गरेका छन । खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पूर्बाधार निर्माणमा सन्तुलित रुपमा बजेट ल्याउन र योजना अनुगमण प्रभावकारी बनाउन पत्रकारहरुले सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, फोनिज संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राई, फोनिज मोरङ अध्यक्ष दिनेश सुब्बा लिम्बु, सञ्चारकर्मी केशव निरौला, फिपराज बेघा, बिजय खम्बू, छवि ढकाल, भुमिप्रसाद पाठक, प्रेम केडी लगायतले आगामी बजेट निर्माणका लागि सुझाब दिएका थिए ।

नगरले यस अघि बिभिन्न संघ, संस्थाहरुसँग सुझाव लिएको र राजनीतिक दलका स्थानीय नेताहरुसँग समेत सुझाव लिने कार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत शशि राईले बताए ।

सम्बन्धित खवर