शुक्रबार, माघ ९, २०८२

राजनीतिक दलहरूसँग बजेट नीति तथा कार्यक्रम निर्माणको लागि सुझाव संकलन

२७ बैशाख, पथरी । पथरी शनिश्चरे नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट नीति तथा कार्यक्रम तयारीको लागि सुझाव संकलन सम्पन्न गरेको छ ।

पालिकाको सभाहलमा बुधबार नगरका राजनीतिक दलहरुसँग राय सुझाव संकलन गरिएको हो । नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलनको अध्यक्षता नगर प्रमुख मोहन प्रसाद तुम्वापोले गर्नुभएको थियो ।

योजना शाखाका लुकनाथ पोखरेलले सञ्चालन गर्नुभएको सो कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राईले उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुसँग कार्यक्रमको बारेमा प्रष्ट्याउनुभएको थियो ।
तत्पश्चात पूर्व संविधानसभा सदस्य लालबहादुर सुस्लिङ, पूर्व नगर प्रमुख दिलिपकुमार राई, नेपाली कांग्रेसका रुपनारायण भट्टराई, नेकपा एकीकृत समाजवादीका तुलसी ढकाल, नेकपा माओवादी केन्द्रका गोविन्द कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका ध्रुव कुमार साम्सोहाङ लगायतले आ–आफ्ना राय सुझावहरु दिनुभएको थियो ।

कार्यक्रममा उप–प्रमुख देविमाया काफ्ले, लेखा अधिकृत पिताम्बर वस्ती, लेखा सहायक गुणराज थापा लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2026 Nigranitimes.