दिगोपनद्धारा पशु तथा घाँसको बिरुवा उपहार

२८ बैशाख, कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ७ मा रहेको दिगोपन सामाजिक उधमी महिला सहकारी संस्थाले पशु उपहार कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार संस्था अन्तर्गतका समूहरु कानेपोखरी–५ को मुत्तिनाथ समूह, कानेपोखरी –२ को प्रगतिशिल समूहका सदस्यहरुलाई १५ औं पुस्तामा पशु उपहार तथा रातो नेपियर घाँसको बिरुवा उपहार प्रदान गरेको हो ।

समूहका १४ जनालाई पशु र १५० थान रातो नेपीयर जातका घाँसको बिरुवा उपहार प्रदान गरिएका संस्थाकी व्यवस्थापक रुकमणि भूसालले जानकारी दिइन् ।

सम्बन्धित खवर