प्रभावकारी बन्दै वडाको ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस’

१५ जेठ, पथरी । पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ को ‘वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस प्रभावकारी बन्दै गइरहेको छ ।
वडाले चालू आर्थिक वर्षदेखि सुरु गरेको कार्यक्रम वडादेखि ढोकासम्म होमडेलिभरी सर्भिस अहिले वडामा मात्र नभएर नगरमै लोकप्रिय बन्दै गइरहेको छ ।

वडाको कर्मचारी तथा जनप्रतिनिधिहरुको समूह शुक्रबारे निवासी बृषबहादुर तामाङ र फुलमाया तामाङको छोरी डोल्मु तामाङ र शिवजी चौक निवासी राजकुमारी मगर र सूर्यबहादुर गिरीको छोरी सुदिस्मा गिरीको जन्मदर्ता घरमै गएर प्रदान गरिएको छ । यो कार्यक्रम लागू भए यता वडाबाट २५ वटा भन्दा बढी कागजात होमडेलिभरी गरिएको वडाध्यक्ष नविन कार्कीले जनाए ।

‘वडादेखि ढोकासम्म’ भन्ने कार्यक्रम संभवतः स्थानीय सरकारले कार्यक्रम नै बनाएर जनतालाई कागजात होमडेलिभरी गर्ने नेपालकै पहिलो वडा नम्बर ८ ले तपशिलका सेवाहरु होम डेलिभरी गरिरहेको छ ।

जन्मेको ३५ दिनभित्रमा जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्युदर्ता , जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी÷स्थायी बसोबास प्रमाणित, विपन्न नागरिक सिफारिस, ६८ वर्ष पूरा भएपछि राज्यले दिने जेष्ठ नागरिक भत्ता कार्ड, अपाङ्गता परिचयपत्र सिफारिस, दिर्घरोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता भएका ब्यक्तिहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित, ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरुको सबै प्रकारको सिफारिस वा प्रमाणित ।

सम्बन्धित खवर