बुधबार, बैशाख ९, २०८३

आदिबासी जनजाति महासंघद्वारा नगरपालिकालाई ज्ञापन पत्र

२१ जेठ, पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरीशनिश्चरे नगर समितिले आर्थिक बर्ष २०८१÷०८२ को नीति कार्यक्रम तथा बजेट निर्माण गर्दा आदिबासी जनजाति समुदायलाई ख्याल गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् ।

महासंघको नगर समिति अध्यक्ष देबेन्द्र वनेम लिम्बूको नेतृत्वको टोलीले नगरको बजेट बनाउदा आदिबासी जनजाति समुदायको भाषा, लिपी, संस्कार संस्कृति, मौलिक सिप, क्षमता अभिवृद्धिलाई ख्याल गर्नुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन ।

मातृभाषा ऐन निर्माण, मातृ भाषाको शिक्षाको प्रबद्र्धन, संस्कृतिको बिकास, सीप बिकास, लोक सेवा तयारी लगायतको लागि डेढ करोडको बजेट बिनियोजना गर्न माग गरेका छन ।

ज्ञापन पत्र पथरीशनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्ले र प्रमुख प्रशासकीय अधिकृत शशि राईलाई संयुक्त रुपमा बुझाएका थिए ।

कार्यक्रममा महासंघको पूर्ब नगर अध्यक्ष हेमभक्त गुरुङ, बर्तमान उपाध्यक्ष राजेन्द्र गुरुङ, सचिव कला मगर, कोषाध्यक्ष मिना भुजेल, नेपाल तामाङ घेदुङका निबर्तमान महासचिव काजिमान थिङ लगायतका जातीय संस्थाका नेताहरु कार्यक्रममा सहभागी भएका थिए ।

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.