हरियाली सामुदायिक वनमा पौडी पोखरी सुरु

२६ जेठ, पथरी । मोरङको पथरी शनिश्चरे २ मा रहेको हरियाली सामुदायिक वन लिमिटेडले शुक्रबार पौडी पोखरी उद्घाटन गर्दै सुरु गरेको छ ।

पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहनप्रसाद तुम्बापोले रिबन काटेर पौडी पोखरी उद्घाटन गरेका थिए । उद्घाटन क्रममा नगरप्रमुख तुम्बापोले स्थानीय वन र वन पैदावर वस्तुको विविधताको जगेर्ना गर्दै मानवमैत्री वातावरण निर्माणमा अग्रसर देखिएको हरियाली सामुदायिक वन उपभोक्ता समितिले मातहत लिमिटेडको कार्ययोजनामा बुद्धिमतापूर्ण ढंगले यो कामको थालनी गरेसँगै आफ्नो कार्यक्षमता अभिबृद्धि गरेर स्थानीय बजारको प्रवर्धन गर्न काँध हालेकोप्रति खुशी व्यक्त गरे ।

वडाध्यक्ष नैना राईले तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको पहलमा प्राप्त रकमबाट कार्यारम्भ गरेको बताए । कर्यक्रममा रमेश दाहालले पनि सम्बोधन गरेका थिए ।

वडाध्यक्षहरू उद्धवराज बस्नेत र विजय लिम्बु, इलाका प्रहरी पथरीका प्रमुख गणेश श्रेष्ठ, सामुदायिक वनका क्षेत्रमा योजनाविद विष्णु ज्ञवाली, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नगर अध्यक्ष युवराज बास्कोटा, रोहित बाँस्तोला, देवीप्रसाद भेटवाल, वडा नं. ३ बाट आएको नौमति बाजासहितको टोलि उपस्थिति रहेको थियो । हरियाली सामुदायिक वनका अध्यक्ष काबुलबहादुर मगरको सभाध्यक्षमा कार्यक्रम सम्पन्न भएको थियो । सहभागी सबैलाई दिलबहादुर तामाङले स्वागत सम्मान गरेका थिए भने कार्यक्रम सञ्चालन निर्मला चौहानले गरेकी थिइन् ।

सम्बन्धित खवर