किर्तिपुरमा नगरको सार्वजनिक सुनुवाई कार्यक्रम

१ असार, पथरी । पथरी शनिश्चरे – ७ स्थित किर्तिपुर बजारमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार नगरपालिकाले पालिकाप्रतिको चासो, गुनासो, विभिन्न विषयमा प्रश्न र सुझाव लिने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा दर्जन भन्दा बढीले विभिन्न विषयमा प्रश्न गर्दै सुझाव दिएका थिए ।

कार्यक्रमको सुरुवातमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शशि राईले नगरको योजना तथा कार्यक्रमहरुको बारेमा विस्तृत जानकारी गराएका थिए । त्यसपश्चात नागरिकहरुले आफ्नो गुनासो, प्रतिक्रिया र सुझावहरू सहित हाकाहाकी बहस गरिएको थियो ।

नागरिकहरूबाट प्राप्त भएका गुनासोहरूको सम्बोधन विषयगत जवाफदेही नगर प्रमुख मोहन प्रसाद तुम्वापो, प्रमुख प्रशासकीय अधिकृत शशि राई, कर्मचारी लुकनाथ पोखरेल र गिता कट्टेलले दिएका थिए ।

वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई, वडा नं. ५ का चेतन खड्का, प्रहरीका प्रतिनिधि, वडा सदस्य तथा कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो । सार्वजानिक सुनुवाई कार्यक्रमको सहजीकरण भुल्के मिडिया प्रा.लि.ले गरेको थियो भने पत्रकार बाबुराम निरौलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

सम्बन्धित खवर