एसईई रिजल्टः कोशी प्रदेशमा एभरेष्ट उत्कृष्ट

१४ असार, विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले यस वर्षको एसईईको रिजल्ट कोशी प्रदेशकै उत्कृष्ट ल्याएको छ । यस वर्ष एभरेष्टका २१२ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए ।

ती मध्ये ४ जीपीए ल्याउने तीनसहित ११२ जनाले ३.६१ देखि ४ जीपीएसम्म ल्याएका छन । ३.२१ देखि ३.६ सम्मको जीपीए ल्याउने विद्यार्थीको संख्या ९२ जना रहेको छ ।

यस्तै बाँकी ८ जनाले २.८१ देखि ३.२ सम्म ल्याउँदै शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन । अहिलेसम्मको सार्वजनिक भएका नतिजाहरु हेर्दा एभरेष्टको नतिजा कोशी प्रदेशकै उत्कृष्ट रहेको भाइस प्रिन्सिपल टिएन भण्डारीले बताए ।

देशकै अब्बल शिक्षण संस्थाका रुपमा अग्रसर रहेको एभरेष्ट स्कुलले भौतिक पूर्वाधार सँगै शिक्षण पद्दति पनि सोहि अनुसारको अवलम्वन गर्दै आएको छ ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले शैक्षिक गुणस्तर वृद्धिका लागि गरेका अभ्यास, विभिन्न क्षेत्रसँगको सहकार्यको नतिजा यस वर्षको रिजल्ट रहेको बताए । उनले भने, ‘आगामी वर्ष क्रमशः थप राम्रो बन्दै जान्छ, यस्तो नतिजा शैक्षिक मात्र नभई सबै क्षेत्रमा आउँछ, आउनुपर्छ ।’

 

सम्बन्धित खवर