रेडस्टारका जीपीए ४ ल्याउने दुई जना विद्यार्थीलाई एक लाख प्रदान

१५ असार, पथरी । एसइई परीक्षामा जीपीए—४ ल्याउने दुई जना छात्रलाई रेडस्टार बोर्डिङ स्कुलले एक लाख प्रदान गरेको छ ।

मोरङको पथरीशनिश्चरे—२ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलले शुक्रबार बधाई शुभकामना कार्यक्रमको आयोजना गरी रकम प्रदान गरेको हो । २०८० को एसइई परीक्षामा छात्र अजय लिम्बू र सतिस अचार्यले जीपीए—४ ल्याएर उतिर्ण गरेपछि जनहि ५० हजारको दरले पुरस्कार स्वरुप प्रदान गरेको प्रिन्सिपल टिएन तिम्सिनाले बताए ।

देश अनि प्रदेशमै उत्कृष्ट जीपीए ल्याएर दुई छात्र एसइई उतिर्ण भएकोमा शुक्रबार बधाई शुभकामना कार्यक्रम राखेर स्कुलले विद्यार्थी र अभिभावीच खुसियाली बाँडेको थियो । प्रिन्सिपल टीएन तिम्सिनाले विद्यालय र शिक्षकहरुको लामो मेहनतले जीपीए—४ ल्याउन सफल भएको बताए । रेडस्टारमा अध्ययनरत छात्र, छात्रालाई देशमै उत्कृष्ट अंक ल्याउने, व्यावहारिक र सामाजिक बनाउने लक्ष्य अनुसार सफलता प्राप्तहुँदै गएको प्रिन्सिपन तिम्सिनाले बताए ।

कार्यक्रममा जीपीए—४ ल्याउने छात्र अजय लिम्बूकी आमा गंगा लिम्बू र सतिस अचार्यको बाबा तिर्थ आचार्यले देशमै उत्कृष्ट जीपीए ल्याउन मेहनत गर्ने रेडस्टार स्कुल व्यवस्थापकहरु र शिक्षकहरुलाई धन्यवाद दिए । अभिभावक तिर्थ आचार्यले छोराछोरीलाई गलत संगत, सामाजिक सञ्जाल तथा घर परिवार र समाजिक समस्याबाट टाढा राख्न सक्नुपर्ने सुझाव पेस गरेका थिए ।

जीपीए—४ ल्याउने लिम्बू र आचार्यले घरमा असल संस्कार, शैक्षिक वातावरण तथा विद्यालयमा शिक्षकहरुको मेहनतको कारण आफूहरु उच्च जीपीए ल्याउन सफल भएको बताएका छन । दुवै जनाले कक्षा—११ रेडस्टारमै पढ्ने बताएका छन ।

कार्यक्रममा रेडस्टार बोर्डिङ स्कुल सञ्चालक÷निर्देशक राजु तिम्सिना, सदस्य विजय डाँगी, सुजन बास्तोला भाईस प्रिन्सिपल बसन्त मादेन लगाए शिक्षक, अभिभावक तथा विद्यार्र्थीहरु सहभागी रहेका थिए ।

एसइई उतिर्ण सम्पूर्ण विदार्थीहरुलाई टीका तथा माला लगाएर बधाई शुभकामना दिएका थिए । जीपीए—४ देशभर १८६, मोरङ जिल्लामा ८ जनाले ल्याएकोमा रेडस्टार बोर्डिङमा २ जनाले ल्याएको हो । रेडस्टारबाट ७५ जना विद्यार्थी एसइईमा सहभागी भएका थिए । रेडस्टारको छात्र विपिन पोखरेलले कक्षा १२ मा ३.८१ जीपीए ल्याएर प्रदेशकै उत्कृष्ट भएका थिए । रेडस्टार स्कुल आईएसए अवार्डेड विद्यालय हो ।

सम्बन्धित खवर