२५ असार, पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका – ८ नम्बर वडाले खुल्ला व्यायामशाला निर्माण गरेका छन् । वडाले
आफ्नो नागरिकलाई निरोगी बनाउनको लागि खुल्ला व्यायामशाला निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको हो ।
चालु आर्थिक वर्षको वडाको वार्षिक कार्यक्रम अन्र्तगत वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउन खुल्ला व्यायमशाला निर्माण गरिएको छ । वडावासीहरुले खुल्ला व्यायामशालामा विहान र बेलुका गर्ने गरेका वडाध्यक्ष नविन कार्कीले बताए ।
सोमबारे स्थित बुद्ध माविको प्राङ्गणमा असार १९ गतेबाट सञ्चालनमा आएको वडा सदस्य बाबुराम चौधरीले बताए । इच्छुक सबैले सो व्यायामशालामा निःशुल्क व्यायाम गर्न सक्ने वडा अध्यक्ष कार्कीले बताएका छन् । यसको साथै वडाले निरोगी वडा निर्माणको लागि सुगर तथा प्रेसरको औषधि समेत मागको आधारमा निःशुल्क वितरण गरिरहेको छ ।