शुक्रबार, मंसिर ५, २०८२

सिएचआइटिएफ तेक्वाण्दोमा २० जनाले लिए रेफ्रि कोर्षको तालिम

दुर्गा नारायण खतिवडा
भदौ १०, रमाइलो । मोरङ सिएचआइटिएफ तेक्वान्दो संघले प्रथम जिल्ला स्तरीय रेफ्री कोर्ष तालिम सम्पन्न गरेको छ ।

शनिबार कानेपोखरी ६ स्थित जनसेवाको प्राङ्गणमा सम्पन्न सेमिनारमा २० जना डान खेलाडीले तालिम लिएका थिए । प्रशिक्षक आस्मा श्रेष्ठ, नितेस रौनियार र सनसिला पटेलले शुक्रबार र शनिबार दुईदिन रेफ्रिको कोर्ष गराएका थिए ।

समापन कार्यक्रममा तालिममा सहभागि खेलाडीलाई प्रमाण–पत्र प्रदान गरिएको थियो । तेक्वाण्डो खेलमा सहभागि खेलाडीका आवद्ध विद्यालय जनसेवा माबि, सनसाइन बोडिङ स्कुल र बाल संसार इङलिस बोडिङ स्कुललाई आयोजकले प्रशंसा पत्र प्रदान गरिएको थियो ।

तेक्वान्दो संघले मोरङ्बाट अन्तरास्ट्रिय एसियन खेल खेल्न गएका खेलाडीहरुको मनोबल बढाउन आर्थिक सहयोग गर्ने ब्यक्तित्वहरुलाई समेत प्रशंसा–पत्र प्रदान गरिएको थियो ।

अध्यक्ष युबराज भुजेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी कानेपोखरी ६ का वडाध्यक्ष खड्ग बहादुर बस्नेत रहेका थिए । नेपाल सिएचआइटि।एफ तेक्वान्दो महासंघका उपाध्यक्ष तथा प्रशिक्षक आस्मा श्रेष्ठ, अतिथिहरुमा जनसेवा माबिका प्रधानाध्यापक प्रमोद निरौला, रमाईलो जनएकता साकोसका अध्यक्ष त्रिभुनाथ फुयल, राजनीतिक कर्मी दानबहादुर बस्नेत, समाजसेवी एविन पाठक, प्रशिक्षक नितेस रौनियार र सनसिला पटेल रहेका थिए । कार्यक्रमको संचालन तेक्वान्दो संघका जिल्ला उपाध्यक्ष बिध्यानन्द चौधरीले गरेको थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.