शान्तिपथ सिंचाई जल उपभोक्ता संंस्थाको छैठौ साधारणसभा सम्पन्न

२४ भदौ, पथरी । मोरङको पथरीशनिश्चरे स्थित शान्तिपथ सिंचाई जल उपभोक्ता संस्थाको छैठौ साधारण सभा सम्पन्न भएको छ । पथरी शनिश्चरे ९, ७ र ४ वडामा सिंचाई गर्दै आएको संस्थाको आर्थिक वर्ष २०८०÷०८१ को कार्यप्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन, संस्था नवीकरण, लेखा परीक्षण प्रतिवेदन र भावि कार्ययोजना पास गर्दै सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष गोविन्द भण्डारीको सभापतित्वमा भएको कार्यक्रममा जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय विराटनगरको अधिकृत चोलेन्द्र बिक, वडा सदस्य नरेश राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा अस्थायी प्रहरी चौकी किर्तिपुरका प्रमुख प्रहरी सहायक निरीक्षक कमलबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा शान्तिपथ सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष गोबिन्द भण्डारीले नगरको तीन वटा वडाको १४३ घर परिवार उपभोत्ता रहेको र करिव २ सय बिगाहा खेतिमा सिंचाइ भइरहेको बताए । भण्डारी एक बर्ष अघि समितिको अध्यक्षमा निर्वाचित भएर आएका हुन । आफ्नो नेतृत्वमा समिति गठन भएपछि प्रदेश, नगर र वडाहरुबाट १४ लाख ८३ हजार ३२८ रुँपैया बराबरको पैनी मर्मत कार्य भएको अध्यक्ष भण्डारीले बताए ।

आफ्नो नेतृत्वमा समिति गठनहुनु अघि करिव १५ बर्ष संस्था नवीकरण नभएको कारण सरकारी बजेटबाट कुनै काम नभएको र संस्था नवीकरण भएपछि सरकारी बजेटबाट पैनी मर्मत लगायतको कामबाट किसानलाई राहत दिएको अध्यक्ष भण्डारीले बताए ।

कार्यक्रममा संस्थाका सचिव देबिन्द्र थेबे लिम्बूको प्रगति प्रतिवेदन र कोषाध्यक्षद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ । कार्यक्रममा उपस्थित पैनी उपभोक्ता कृषकहरुले कृषि प्रधान देश भनिएपनि संघ, प्रदेश, स्थानीय सरकारले कृषि क्षेत्रमा बजेटको प्राथमिकता नपर्ने गरेको गुनासो गरे ।

सभाको उद्घाटन कार्यक्रममा जेष्ठ उपभोक्ता ललितादेवि ढकाल र वीरबहादुर गोलेलाई खादा तथा नगदले सम्मान गरेका थिए ।

सम्बन्धित खवर