सिएच आइटिएफ तेक्वाण्डो तेह्रथुमको आठराईमा सुरु

असोज, आठराई । तेह्रथुमको आठराई गाउँपालिकामा सिएच आइटिएफ तेक्वाण्डो डोजाङ सुरु भएको छ ।

सिएच आइटिएफ तेक्वाण्डो कोशी प्रदेश अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेलले शनिबार औपचारीक रुपमा उद्घाटन गरेका थिए । एक महिना अघि खेल सुरु गरिएता पनि शनिबार भने अभिभावक सहितको उपस्थितमा खेलले औपचारीकता पाएको थियो ।

बल्याक बेल्ट प्राप्त मौसम लिम्बुले आठराईमा सिएच आइटिएफ तेक्वाण्डो डोजाङको खेल सुरु गरेका थिए । सुरुआतमै साना ठुला बालबालिका गरेर ५२ जना खेलाडीले खेलमा सहभागिता जनाएका छन् । सामुदायिक र संस्थागत विद्यालयका विद्यार्थीहरुले खेलमा भाग लिएका छन् ।

सिएच आइटिएफ तेक्वाण्डो कोशी प्रदेश अध्यक्ष तथा प्रमुख प्रशिक्षक युवराज भुजेल र टु–डान प्रशिक्षक इन्दिरा थापाले शुक्रबार बेलुका र शनिबार विहान दुई दिन अनुशासनको कुरो सहित प्रशिक्षण गराएका थिए ।

प्रत्येक चार महिनामा खेलको लिखित र प्राटिकलको माध्यमबाट बेल्ट ग्रेडिङ गरिने अध्यक्ष भुजेलले बताए । भखरै अन्तराट्रिय प्रतियोगितामा मोरङ जिल्लाले १६ वटा मेडल प्राप्त गरेर बताउर्दै जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा अभिभावकको सल्लाह अनुसार सहभागि गराउने उनले बाचा गरे ।

बल्याक बेल्ट तथा प्रशिक्षक मौसम लिम्बु मोरङको कानेपोखरी– ५ मा बसोबास गरी अध्ययनसँगै सिएच आइटिएफ तेक्वाण्डो डोजाङको खेल खेली प्रशिक्षक बनेका थिए । अहिले आफ्नो ठाउँ(पहाड) तेह्रथुमको आठराई गाउँपालिका–४ बजारमा सोही खेल खेलाउर्दै खेलको विकास गर्दै आएका छन् ।

जिल्ला अधिवेशन सफल बनाउन सिएच आइटिएफ तेक्वाण्डो कोशी प्रदेश अध्यक्ष युवराज भुजेल र टु–डान प्रशिक्षक इन्दिरा थापा, सिएच आइटिएफ तेक्वाण्डो संघ सचिव दिनेश सुब्बा, संघको जिल्ला अध्यक्ष विद्यानन्द चौधरी, जिल्ला सल्लाहकार सदस्य विवेक खतिवडा लगाएत कार्यक्रममा सहभागि थिए ।

तेक्वाण्डो संघ तेह्रथुम जिल्ला समिति गठन
खेललाई बलियो बनाउन सिएच आइटिएफ तेक्वाण्डो संघको तेह्रथुम जिल्ला समिति गठन भएको छ । समितिको अध्यक्षमा नरेन्द्र लिम्बु, उपाध्यक्षमा चेतन गौतम, सचिवमा सुजन ढुङ्गेल, सहसचिवमा भिमकुमार तामाङ र कोषाध्यक्षमा पार्वता बिमली रहेका छन् । त्यसैगरी सदस्यहरुमा मुना प्रसाई, सुशिला थापा, प्रकास चोङवाङ र रमेश आलेमगर चयन भएका छन् ।

सम्बन्धित खवर