तस्विर : विवेक खतिवडा
१० असोज, पथरी । मोरङको पथरी शनिश्चरे–५ नम्बर वडामा जितिया विशेष कार्यक्रम सम्पन्न भएको छ । थारु कल्याणकरिणी सभा ५ नं. वडा समितिको आयोजनामा सांस्कृतिक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो । कार्यक्रमा बुधबार हसन्दह बजारमा भएको थियो ।
कार्यक्रमका प्रमुख आतिथि वडा नं. ५ का वडाध्यक्ष चेतेन्द्र खड्का, विशिष्ट अतिथि वडा नं. ६ का वडाध्यक्ष कृष्ण कुमार बस्नेत, थारु कल्याणकरिणी सभा मोरङ जिल्ला उपसभापती जनोश्वर बिस्वास र जयन्ती खाँ थारु लगाएतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा नगरका विभिन्न वडाबाट आएका थारु कलाकारहरुले थारु भेषभूषा र भाषाको गीतमा नृत्य प्रस्तुत गर्नुका साथै एकल गीत पनि गाएका थिए । कार्यक्रममा थारु सिर्जनशिल युवा क्लबको भूमिका महत्वपूर्ण रहेको थारु कल्याणकरिणी सभा नगर समितिका सचिव रामकुमार धामीले बताए ।
बलदेव चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य खुशिलाल चौधरीले गरेका थिए । कार्यक्रम संचालन थारु कल्याणकरिणी सभा नगर समितिका सचिव रामकुमार धामीले गरेका थिए ।