बुधबार, कार्तिक २६, २०८२

रेडस्टारको कक्षा ११ को स्वागत कार्यक्रममा मनोज गजुरेलको प्रस्तुती

 

२३ असोज, पथरी । मोरङ पथरीशनिश्चरे—२ मा स्थापित रेडस्टार बोर्डिङ स्कुलमा कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीरुलाई विविध कार्यक्रम गरी स्वागत गरेका छन् । मंगलबार सीन भिलेज पार्टी प्यालेसमा सांस्कृतिक कार्यक्रम गरी स्वागत गरेको हो ।

कार्यक्रममा रेडस्टार स्कुलबाट कक्षा १२ को गत बोर्ड परीक्षामा उच्च जीपीए ल्याउने मनिता कार्की र प्रजिता निरौला लगाएत ५ जनालाई विद्यालयले प्रमाण पत्रले पुरस्कृत गरेको थियो ।

कार्यक्रममा चर्चित हाँस्य कलाकार मनोज गजुरेलको पनि प्रस्तुति रहेको थियो । हाँस्य कलाकार गजुरेलको तिखो व्यङ्ग्य प्रस्तुतीले उपस्थित अतिथि र विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए । विद्यालयका कक्षाहरुमा दोहोरो संवादसहितको, मैत्रीपूर्ण लोकतान्त्रिक भन्दा शिक्षकहरुले अझैपनि ठूलो स्वरमा ‘चुपलाग’ भन्ने प्रणाली नै हाबी भएको जगुरेलको भनाइ थियो ।

गजुरेलले आमा बाउले धनसम्पति पढाइमा खन्याएर स्नातकोत्तर गराएपछि कोरिया, जापान, अष्टे«लिया जस्ता देशहरु जानुपर्ने बाध्यता प्रति पनि व्यङ्ग्य मार्फत प्रस्तुत गरेका थिए । गजुरेलले शिक्षक, प्रहरी, सेना, शिर्ष नेताको पनि व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौला कार्यक्रमको प्रमुख अथिति रहेका थिए । विशेष अतिथि पथरीशनिश्चरे नगर शिक्षा विभाग प्रमुख नवीन खुलाल, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, पूर्व नगर प्रमुख दिलिपकुमार राई, विभिन्न वडाका वडा अध्यक्षहरुको हातबाट वन आगन्तुक विद्यार्थीहरुलाई अविरको टिका र माला लगाई स्वागत गरिएको थियो ।

रेडस्टार बोर्डिङ स्कुलका सञ्चालक÷प्रिन्सिपल टीएन तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक राजु तिम्सिना, विजय डाँगी लगायतले नयाँ विद्यार्थीहरुलाई स्वागत गरेका थिए ।

कार्यक्रममा विद्यालयमा अध्ययरत विद्यार्थीहरुले गीत र नृत्य प्रस्तुति दिएर मनोरञ्जन प्रदान गरेका थिए ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.