शुक्रबार, कार्तिक २१, २०८२

अवैध रुपमा ल्याइएको २ सय केजी माछा नष्ट

५ कार्तिक, कानेपोखरी । मोरङ कानेपोखरी नगर प्रहरीले अवैध मुङ्ग्री जातको माछा बरामद गरी नष्ट गरेको छ ।

दक्षिण नाकाबाट बिक्रिको लागि ल्याउर्दै गरेको २ सय केजी माछा बरामद गरी नष्ट गरिएको हो । गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला प्रसाद अधिकारी, कार्यपालिका सदस्य सुशिला श्रेष्ठ, रमाइलो प्रहरी चौकीका प्रमुख मोहन कुमार प्रधान, कानेपोखरी व्यापार संघका अध्यक्ष डिल्ली फुयल लगाएत राजनितिक दलका प्रतिनिधिको उपस्थितमा मुजुल्का बनाई नष्ट गरिएको थियो ।

वडा नं. २ स्थित कानेपोखरी–रङेली सडकको दलेलीमा पक्राउ गरिएको कानेपोखरी नगरप्रहरी प्रमुख युवराज भुजेलले बताए । नगरप्रहरीले माछासँगै माछा बोक्ने उनीहरुले प्रयोग गरेको द्यच् घद्धब् ढढघद्ध र मे २ प ४९८२ नम्बरको दुईवटा मोटरसाइकल पनि पक्राउ गरेको छ ।

बेलबारी बजार बेच्न लैजाने क्रममा विहान ४ः ३० बजे फक्राउ गरेको नगरप्रहरीले बताए । भारतबाट अवैध रुपमा माछा चोरी पैठारी गरी स्टोर गरेर नेपालको विभिन्न बजारमा बिक्री वितरण गर्ने गरेको छ ।

सम्बन्धित खवर

Crafted with care by CodeBundles © 2025 Nigranitimes.