बुधबार, बैशाख ९, २०८३

पथरी शनिश्चरे नगरद्वारा विपन्न परिवारको घर निर्माण तिव्र

४ कार्तिक, पथरी । पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा स्थायी बसोबास रहेका विपन्न नागरिकहरुको घर तीव्ररुपमा निर्माण कार्य गरिरहेको छ ।

नगरको वडा नं. ३, ४, ५, ६ र ७ नम्बर वडामा घर निर्माण कार्य भएको हो । वडा नं. ७ को लिलामाया आङ्देम्वे, इन्द्रबहादुर लिम्बु, महेन्द्रप्रसाद दाहाल, वडा नं. ४ को देवीमाया लिम्बु, मनकुमार श्रेष्ठ र वडा नं. ३ को धनबहादुर लिम्बुको घर निर्माण सुरु गरिएको छ ।

त्यस्तै वडा नं. ५ को चुडाकुमारी पौडेल, द्रोपति ऋषिदेव र वडा नं. ६ को नारायण पोखरेलको घर निर्माण लगभग अन्तिम चरणमा पुगेको छ । नगरका अन्य विपन्नहरुको घर निर्माण कार्य क्रमागत रुपमा लगिने प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

नगरले असोज १४ गते कार्यपालिका बैठकद्वारा विपन्नको घर निर्माणको लागि विनियोजित बजेट तथा प्राविधिक लागत अनुमान बमोजिम आवास निर्माण कार्य सम्पन्न भएता पनि बस्न उपयुक्त हुने आवास नभएकोले अधुरा रहेका आवासलाई प्राथमिकीकरणको आधारमा रही आ.व. २०८१÷८२ मा विनियोजित बजेटबाट पूरा गर्ने र अपुरा रकम आगामी नगर सभाबाट व्यवस्थापन गर्ने निर्णय गरिएको थियो ।

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.