नेपाल पत्रकार महासंघको अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी दिए

२२ मंसिर, काठमाडौँ । नेपाल पत्रकार महासंघको आगामी मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दिएका छन् ।

२१ गते भएको उमेद्वारी दर्तामा अध्यक्षका लागि निर्मला शर्मा, कमल गिरी, देवीप्रसाद सापकोटा, रमेश बिष्ट र लालसिंह (एलएस) लामाको उम्मेदवारी परेको छ ।

शर्माले प्रेस चौतारी नेपाल र प्रेस युनियनसहितको प्यानलबाट उम्मेदवारी दिएकी हुन् । गिरीले प्रेस सेन्टर नेपाल नेतृत्वको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका हुन् । त्यस्तै प्रेस युनियन निकट बिष्टले भने स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाँई, दामोदरप्रसाद दवाडी, दीपक आचार्य र रोशन पुरीको उम्मेदवारी परेको छ । चौलागाई चौतारी नेतृत्वको प्यानलका उम्मेदवार हुन् । पुरी प्रेस सेन्टरका हुन् ।

उपाध्यक्ष महिलामा नितु पण्डित र गंगा पौडेलको उम्मेदवारी परेको छ । पण्डित चौतारी नेतृत्व प्यानलका उम्मेदवार हुन भने बराल प्रेस सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार रहेका छन् ।

त्यसैगरी महासचिवमा जन्मदेव जैसी, प्रकाश थापा, रामप्रसाद दाहाल लेखनाथ न्यौपानेको उम्मेदवारी परेको छ ।

जसमा दाहाल चौतारी नेतृत्वको प्यानलबाट उम्मेदवार रहेका छन् । न्यौपाने सेन्टर नेतृत्वको प्यानलका उम्मेदवार रहेका छन् ।

५२ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि १ सय ३३ जनाको उम्मेदवारी परेको छ ।

महासंघको निर्वाचन कार्यतालिकाअनुसार शुक्रबार बिहान १० देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गर्न समयसीमा तोकिएकामा उक्त समयसीमाभित्र ४७ पदका लागि एक सय ३३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

सम्बन्धित खवर