पथरी शनिश्चरेमा चासोक तङ्नाम मंसिर २९ देखि पुस २ गते सम्म हुने

२६ मंसिर, पथरी । मोरङको पथरी शनिश्चरे–१० स्थित सिरिजंगा धार्मिक स्मृति वनमा चासोक तङ्नाम उधौली पूजा मंसिर २९ गतेदेखि पुस २ गते सम्म हुने भएको छ ।

मंगलबार किरात याक्थुङ चुम्लुङ नगरशाखा पथरी शनिश्चरेले सिरिजंगा धार्मिक वनमा पत्रकार सम्मेलनको आयोजना गरी उधौली पूजा हुने बारे जानकारी गराएका थिए । किरात याक्थुङ चुम्लुङ नगरशाखा पथरी शनिश्चरेका अध्यक्ष प्रेमबहादुर पङयाङगु लिम्बुले विज्ञप्ती मार्फत जानकारी गराएकाे हाे।

कार्यक्रममा भ्वाइस अफ नेपाल सिजन ४ का फाइनलिस्ट गायक साहिल लिम्बू र भ्वाइस अफ नेपाल सिजन ५ का फाइनलिस्ट गायक नोगन लिम्बू, त्यस्तै याक्थुङ स्टार सिजन १ विजेता अञ्जना नाल्बो, गायक भिम लिम्बू, रुक्मान लिम्बू लगायतका कलाकारहरुको प्रस्तुती रहने छ ।

त्यस्तै याक्थुड स्टार सिजन १ विजेता अन्जना नाल्बो, याक्थुङ स्टार सिजन १ सेकेण्ड रनरअप गायक आईतहाङ चोडवाङ र स्थानिय कलाकारहरु चर्चित हास्य कलाकार लक्षणा राई, जसु राईको समेत प्रस्तुती रहने उपाध्यक्ष गणेश थक्लुङ लिम्बूले जानकारी दिए ।

मंसिर २९ गते सिरिजंगा स्मृति पुरुष भलिवल प्रतियोगिता उद्घाटन, मंसिर ३० गते उधौली पूजाको लागि अक्षेता र भेटी जम्मा गरी पूजा कार्यक्रम साथै प्रसाद ग्रहण, पौष १ गते ऐतिहासिक खेल पक्लुङ लेप्मा(छेलो), हप्रिङलक्मा (लङ्जम), लितोङ आप्मा (धनुकाण हनाई), इङ्वा थम्मा (भाले जुधाई), थाम्पा उम्मा (डोरी तनाई) खेलहरु खेलाइने कार्यक्रमहरु रहेको सिरिजंगा धार्मिक वनका सचिव अशोक नाल्बोले बताए ।

त्यस्तै पौष २ गते लिम्बू जातिको ऐतिहासिक साँस्कृतिक केलाङ, माङ्लाङ, येवालाङ, याराक्मा, हाक्पारे, ख्याली कार्यक्रमहरु रहेको किरात याक्थुङ थुम्लुङ नगरशाखा पथरीशनिश्चरेका अध्यक्ष प्रेमबहादुर पङ्याङगु लिम्बूले पत्रकार सम्मलेनमा बताए ।

किरात याक्थुम चुम्लुङ नगर शाखा पथरी र सिरिजंगा धार्मिक वनलाई विभिन्न समयमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । कार्यक्रमको अन्तिम दिन क्षेत्र नं. ३ का सांसद डा. सुनिल शर्मा प्रमुख अतिथि रहने आयोजकले बताए ।

सम्बन्धित खवर