बुधबार, बैशाख ९, २०८३

शिक्षक संगठनको नवनिर्वाचित समितिलाई सपथ ग्रहण

१३ पौष, कानेपोखरी । नेपाल राष्ट्रिय शिक्षक संगठन कानेपोखरी गाउँ समितिको तेस्रो अधिवेशनबाट निर्वाचित समितिलाई सपथ ग्रहण तथा प्रमाण पत्र वितरण गरिएको छ ।

शुक्रबार कानेपोखरी ६ स्थित जनसेवा माविको सभाहलमा सपथ ग्रहणसंगै प्रमाण पत्र वितरण गरिएको हो । समितिको अध्यक्षमा सञ्जिव खड्का नेतृत्वमा २७ सदस्य समिति चयन भएका थिए । तेस्रो अधिवेशन मंसिर २९ गते सम्पन्न भएता पनि शुक्रबार समितिलाई पूर्णता दिर्दै सपथ ग्रहणसंगै प्रमाण पत्र वितरण गरिएको नव निर्वाचित अध्यक्ष सञ्जिव खड्काले बताए ।

त्यस्तै समितिको उपाध्यक्षमा वीरवहादुर बम्जन, महिला उपाध्यक्षमा इच्छा कोइराला, सचिवमा होम प्रसाद न्यौपाने, कोषाध्यक्षमा लिलानाथ निरौला, सहसचिवमा विमला चोङ्वाङ राई र सह कोषाध्यक्षमा धनुकला राई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा टिकाराम आर्चाय, दुर्गाप्रसाद गुरागाई, ख्याम प्रसाद लुईटेल, कृष्ण प्रसाद आचार्य, अनिल परियार, चन्द्र मगर, बसन्त कुमार ठाकुर, ज्ञान बहादुर कार्की, अशोक कुमार शाह, मुकेश राउत, देवि कार्की, उषा काफ्ले, बिष्णु कार्की, जितमाया भुजेल, नर्वदा मगर, पार्वती देवि लिम्बु र निर्मला जोगी र देशमाया जिमी रहेका छन् । त्यस्तै पदेना सदस्य निर्वतमान अध्यक्ष धर्मराज थापा रहेका छन् ।

 

 

सम्बन्धित खवर

भखरै

Crafted with care by CodeBundles © 2026 Nigranitimes.